नेविसंघकै नेताले गरे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दलहन - Chaitanya News
  • 2026-07-03
  • 04:51:50
  • बिहिबार,आषाढ १८, २०८३
  • नेविसंघकै नेताले गरे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दलहन

    नेविसंघकै नेताले गरे केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दलहन

    काठमाडौं- नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन गरिएको छ।

    त्रिभूवन विश्व विद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन्।

    त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधि दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि उनीसँग अवरुद्ध बनेका विद्यार्थी नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन्।

    नेविसंघ त्रिभुवन विश्व विद्यालय समिति अध्यक्ष विष्णु बहादुर बडैलाले केन्द्रीय अध्यक्षबाट नेविसंघ त्रिविको ऐतिहासिक गरिमा र ओजमाथि नै प्रहार हुने काम भएको बताए । शेर्पाको चिठ्ठी आतंकले उनको नेविसंघप्रतिको आस्था र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको बडैलाको आरोप छ।