कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस - Chaitanya News
  • 2026-06-16
  • 17:57:44
  • मंगलबार,आषाढ ०२, २०८३
  • कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस

    कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस

    काठमाडौं- कृषि विकास बैंकको अधिकृतस्तर (शाखा प्रमुख)को बढुवामा ६ जनाको नाम सिफारिस भएको छ ।

    हिजो बैंकको पदपूर्ति समितिले एक सूचना प्रकाशित गर्दै उक्त विषयको जानकारी गराएको हो।

    कार्यसम्पादन मूल्यांकन, सेवाको ज्येष्ठता, शैक्षिक योग्यता, भौगोलिक र कार्य गरेको आधारमा ६ जनाको बढुवा सिफारिस गरिएको छ।

    बैंकको पदपूर्ति समितिका अनुसार तिलकनाथ कोइराला, नारायणप्रसाद आचार्य, विष्णुबहादुर बस्नेत, मधुसुदन पराजुली, विक्रम सिंह र शोभित साह रहेका छन् ।