दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना ,  ३ जनाको मृत्यु - Chaitanya News
  • 2026-05-20
  • 22:36:20
  • बुधबार,जेठ ०६, २०८३
  • दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना ,  ३ जनाको मृत्यु

    दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना ,  ३ जनाको मृत्यु

    सुर्खेत- दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

    नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

    मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।