ललितपुरमा कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि - Chaitanya News
  • 2026-05-02
  • 16:51:51
  • शनिबार,बैशाख १९, २०८३
  • ललितपुरमा कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि

    ललितपुरमा कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि

     

    ललितपुर – ​स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि चार दिन लगाइने भएको छ।कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिन लागिएको कार्यालयले जनाएको छ।

    जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ।

    ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती र कोन्ज्योसोम गाउँपालिकामा ९ र १० गते खोप लगाइँदैछ। महांकाल गाउँपालिकामा भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी चैत १० देखि १२ गतेसम्म बुस्टर डोज पनि लगाइने भएको छ।