आज पनि देशका केही स्थानमा वर्षा हुने - Chaitanya News
  • 2026-05-20
  • 22:36:19
  • बुधबार,जेठ ०६, २०८३
  • आज पनि देशका केही स्थानमा वर्षा हुने

    आज पनि देशका केही स्थानमा वर्षा हुने

    काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी रअसिनासहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।