मेघगर्जन र चट्याङ्गसहित असिना पानीको सम्भावना - Chaitanya News
  • 2026-05-20
  • 21:22:23
  • बुधबार,जेठ ०६, २०८३
  • मेघगर्जन र चट्याङ्गसहित असिना पानीको सम्भावना

    मेघगर्जन र चट्याङ्गसहित असिना पानीको सम्भावना

    काठमाडौँ – अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ ।

    आज (मंगलबार) दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ ।

    बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । केही दिन देशको मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ ।