काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने बताएका हुन्।
यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा दाहाललाई समर्थन नगरे पनि प्रचण्ड पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने उनले बताए।
अध्यक्ष केसीले सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्नेकुराबाट जनतालाई राम्रो नहुने बताए । राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष केसी मात्र प्रतिनिधिसभा सदस्य छन्।