काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थिति बन्नु कसैका लागि पनि खुसीको कुरा नभएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले दुई महिनामा विश्वासको मत लिने परिस्थिति देशको स्थिरताका लागि राम्रो नभएको बताए । यस्तो परिस्थिति फेरि पनि आउन नहुने उनको भनाइ छ।
सिद्धान्त नमिलेका दलहरू एक ठाउँमा आइदिँदा यो परिस्थिति सिर्जना भएको उनको भनाइ थियो। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई पुनः विश्वासको मत दिने बताए।
आफूले जन्माएको बच्चाप्रति बाआमाको ठूलो प्रेम हुन्छ भन्दै संघीयता, गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्री प्रचण्ड सधैं लाग्ने राउतको विश्वास छ।