विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित) - Chaitanya News
  • 2026-07-17
  • 16:30:39
  • शुक्रबार,साउन ०१, २०८३
  • विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

    विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

    काठमाडौं-  नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरुका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरिएको छ ।

    सहनिर्देशक गणेशदत्त भट्टलाई तनहुँ हाइड्रोपावर लिमिटेडमा, सहनिर्देशक डोलनाथ कँडेललाई कार्यकारी निर्देशकको सचिवालयमा, बसन्त कुमार ढुंगानालाई केन्द्रीय भुक्तानी महाशाखामा र शोभा पौडेललाई नियुक्ति सिफारिस महाशाखामा सरुवा गरिएको छ ।

    यसैगरी प्रबन्धक हरिकुमार श्रेष्ठलाई स्ट्रक्चरल डिजाइन महाशाखाबाट तनहुँ हाइड्रोपावर लिमिटेडमा सरुवा गरिएको छ ।

    कतिपयलाई काज फिर्तासमेत गरिएको छ ।