नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिने - Chaitanya News
  • 2026-07-03
  • 00:13:26
  • बिहिबार,आषाढ १८, २०८३
  • नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिने

    नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिने

    काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ।

    यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए।

    यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन्।

    निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ।