सेयर बजार ६.९० अंकले घट्यो - Chaitanya News
  • 2026-05-01
  • 08:16:51
  • शुक्रबार,बैशाख १८, २०८३
  • काठमाडौं– आइतबार सेयर बजार ६.९० अंकले घटेर १९२६।४० विन्दुमा बन्द भएको छ। बिहीबार भने ५.३२ अंकले घटेको बजार १९३३.३१ विन्दुमा बन्द भएको थियो।

    बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ।

    कारोबारमा मानुशी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँ बराबरको कारोबर गर्र्दै शीर्ष स्थानमा रहेको छ।

    आइतबार बजार पूँजीकरण भने २७ खर्ब ८३ अर्ब पुगेको छ।