युनिक नेपाल लघुवित्तको अध्यक्षमा शिव बहादुर चौधरी नियुक्त - Chaitanya News
  • 2026-05-01
  • 08:15:27
  • शुक्रबार,बैशाख १८, २०८३
  • युनिक नेपाल लघुवित्तको अध्यक्षमा शिव बहादुर चौधरी नियुक्त

    युनिक नेपाल लघुवित्तको अध्यक्षमा शिव बहादुर चौधरी नियुक्त

    काठमाडौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नयाँ संचालक समिति गठन भएको छ। संस्थाको चैत ४ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाबाट लघुवित्तको संचालक समितिमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन्।

    संस्थाको संस्थापक समूहतर्फबाट शिव बहादुर चौधरी, सन्त राम धरकतुवा थारु, पुरन प्रसाद चौधरी र जगत राम थारु चौधरी निर्वाचित भएका हुन्। साथै संस्थाको चैत ४ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा शिव बहादुर चौधरीलाई नियुक्त गरेको छ।

    यसका साथै संस्थाले सर्वसाधारण संचालक काली प्रसाद चौधरी र सपना श्रेष्ठको समयावधि सकिएको जनाएको छ।