नर्सिङ लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्रै पास - Chaitanya News
  • 2026-05-02
  • 16:51:40
  • शनिबार,बैशाख १९, २०८३
  • नर्सिङ लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्रै पास

    नर्सिङ लाइसेन्स परीक्षामा २६ प्रतिशत मात्रै पास

    काठमाडौं- नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ।

    परिषद्ले प्रवीणता प्रमाणपत्र तह (पीसीएल) र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षा लिएको थियो। जसमा न्युन संख्यामा नर्सहरू पास भएका छन्।

    पीसीएल नर्सिङ तर्फको नामदर्ता लाइसेन्स परीक्षामा ८३४ जना नर्स सहभगी थिए। जसमध्ये २६.१ प्रतिशत मात्रै पास भएका छन्।

    परिषद्का निमित्त रजिष्ट्रार सकुन्तला श्रेष्ठका अनुसार बीएस्सी नर्सिङतर्फ ३७७ जनामा ४१.९ प्रतिशत मात्रै पास भएका छन्।

    अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि ३५ दिनभित्र आवेदन दिन तथा आगामी परीक्षामा सहभागी हुन पाउनेछन्। चैत ८ गतेदेखि १३ गतेसम्म दर्ता प्रमाणपत्र उपलब्ध गराउने परिषद्ले जनाएको छ। यो पीसीएलतर्फ ३२औँ लाइसेन्स परीक्षा हो।