काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ। आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो।
पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ। पार्टीका एक नेताले अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले लिएको जानकारी दिए।
पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने कुरा भएको उनको भनाइ छ। यस विषयमा ठोस निर्णय भने लिइएको छैन।
रास्वपामा सरकारमा अहिले जानु नहुने मत पनि छ। केही नेताहरूले सरकारमा आउने र जाने गरिरहँदा पार्टी अस्थिर देखिने बताउँदै आएका छन्।