कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभगी हुने - Chaitanya News
  • 2026-05-17
  • 08:32:12
  • आइतबार,जेठ ०३, २०८३
  • कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभगी हुने

    कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभगी हुने

    काठमाडौं- सोमबार सरकारलाई विश्वासको मत दिन नेपाली कांग्रेस तयार भएको छ।

    पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो।

    गत २६ पुसमा मात्रै सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बसेको थियो।

    राष्ट्रपति चुनावसँगै राजनीतिले नयाँ ‘ट्र्याक’ लिएपछि कांग्रेस पुनः सरकारमा सहभागी हुने भएको हो।