अब रोज्ने पालो हाम्रो, गृह मन्त्रालयसहित दुई मन्त्रालय लिन्छौँ : राजेन्द्र पाण्डे - Chaitanya News
  • 2026-05-19
  • 05:38:05
  • सोमबार,जेठ ०४, २०८३
  • अब रोज्ने पालो हाम्रो, गृह मन्त्रालयसहित दुई मन्त्रालय लिन्छौँ : राजेन्द्र पाण्डे

    अब रोज्ने पालो हाम्रो, गृह मन्त्रालयसहित दुई मन्त्रालय लिन्छौँ : राजेन्द्र पाण्डे

    काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा सहभागी हुँदा आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् । उनले सरकारमा जाँदा रोजेकै मन्त्रालय लिने समेत बताए ।

    उपराष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अब रोज्ने पालो हाम्रो हो । राष्ट्रपति कांग्रेसले, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाले रोज्यो अब रोज्ने पालो हाम्रो, रोजेकै मन्त्रालय लिन्छौ‌ ।’

    उनले नेकपा एसले गृह मन्त्रालय सहित अन्य २ मन्त्रालय लिने समेत दाबी गरे ।