सेयर बजार ५.३२ अंकले घट्यो - Chaitanya News
  • 2026-05-01
  • 08:17:30
  • शुक्रबार,बैशाख १८, २०८३
  • काठमाडौं– साताको अन्तिम कारोबार सेयर बजारमा बिहीबार ओरालो लागेको छ। नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ।

    १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ। बिहीबार ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच भएको छ।

    त्यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ। यी कम्पनीहरुले सर्वाधिक कमाएको छ।

    यता, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। यसको बिहीबार करिब ५ करोडको कारोबार भएको छ। यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ।

    बिहीबार १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ।