नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए युएइका कप्तानको विकेट - Chaitanya News
  • 2026-05-17
  • 06:02:46
  • आइतबार,जेठ ०३, २०८३
  • नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए युएइका कप्तानको विकेट

    नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए युएइका कप्तानको विकेट

    काठमाडौँ-  आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

    यसैबीच नेपालले दोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमको विकेट लिएका छन् । योसँगै सन्दीप लामीछानेको एकदिवसीय क्रिकेटमा ९९ विकेट पुगेको छ ।

    नेपलका लागि यस अघि ललित राजबंशीले एक विकेट लिएका थिए ।

    यो समाचार तयार गरुन्जेल युएईले १६.२ ओभरमा २ विकेट गुमाएर ९८ रन बनाएको छ ।