दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने - Chaitanya News
  • 2026-05-19
  • 04:35:39
  • सोमबार,जेठ ०४, २०८३
  • दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

    दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

    काठमाडौं –  हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहीबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशको पहाडी-तराईका भू-भागका केही स्थानमा दिउँसाेतिर मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बिहीबार राति भने देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।