शेयर बजार दोहोरो अङ्कले घट्यो - Chaitanya News
  • 2026-05-01
  • 08:15:47
  • शुक्रबार,बैशाख १८, २०८३
  • शेयर बजार दोहोरो अङ्कले घट्यो

    शेयर बजार दोहोरो अङ्कले घट्यो

    काठमाडौं – हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ।

    आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। बजार घटेको दिन दुई सय ५३ वटा कम्पनीको ३७ लाख १६ हजार कित्ता शेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएको छन्। सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो।

    आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर झन्डै छ प्रतिशत र बाराही हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।