सहसचिवको नतिजा सार्वजनिक, को-को भए पास? - Chaitanya News
  • 2026-05-17
  • 04:53:32
  • शनिबार,जेठ ०२, २०८३
  • सहसचिवको नतिजा सार्वजनिक, को-को भए पास?

    सहसचिवको नतिजा सार्वजनिक, को-को भए पास?

    काठमाडौं- लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    लोकसेवाले गत पुस ५, ६ र ९ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण न्याय, सरकारी वकिल, परराष्ट्र, इञ्जिनियरिङ्ग, सिभिल, जनरल, इञ्जिनियरिङ्ग, सिभिल, हाइवे, इञ्जिनियरिङ्ग, सिभिल, स्यानिटरी, इञ्जिनियरिङ्ग, केमेष्ट्रि र कृषि, भेटेरिनरी तर्फको नतिजा प्रकाशित गरेको हो।

    जसअनुसार न्याय, सरकारी वकिल सेवातर्फ खुलातर्फ ६ जना छनोट भएका छन्। एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या ६३ जना रहेका छन्। परराष्ट्र सेवातर्फ खुलातर्फ तीन जना छनोट भएका छन्। एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या १ सय ६४ जना रहेका छन्।

    प्रशासन सेवातर्फ खुलातर्फ आठ जना छनोट भएका छन् भने आदिवासी जनजाती तर्फ ४ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या ७ सय ६९ जना रहेका छन्। इञ्जिनियरिङ्ग, सिभिल, जनरल सेवातर्फ तीन जना छनोट भएका छन्। एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ५६ जना रहेका छन्।

    उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ।