सांसद भण्डारीसँग भेटघाट निषेध, यस्तो छ पछिल्लो स्वास्थ्य - Chaitanya News
  • 2026-09-15
  • 14:43:29
  • मंगलबार,भाद्र ३०, २०८३
  • सांसद भण्डारीसँग भेटघाट निषेध, यस्तो छ पछिल्लो स्वास्थ्य

    सांसद भण्डारीसँग भेटघाट निषेध, यस्तो छ पछिल्लो स्वास्थ्य

    काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ ।

    सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए ।

    उनकाअनुसार फिजियोथेरापीलाई निरन्तरता चलिरहेको छ । अस्पताल प्रशासन र डाक्टरहरूले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।