चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-17
  • 04:53:41
  • शनिबार,जेठ ०२, २०८३
  • चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौँ –  नेपालमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली रहेको छ ।

    आज (बुधबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ