साझा प्रकाशनले माग्यो महाप्रबन्धक - Chaitanya News
  • 2026-05-17
  • 04:53:39
  • शनिबार,जेठ ०२, २०८३
  • साझा प्रकाशनले माग्यो महाप्रबन्धक

    साझा प्रकाशनले माग्यो महाप्रबन्धक

    काठमाडौं- साझा प्रकाशनले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको छ। साझा प्रकाशन केन्द्रीय कार्यालय पुलचोक, ललितपुरले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको हो।

    रिक्त महाप्रबन्धक पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरी सार्वजनिक प्रशासन/व्यवस्थापन/साहित्य/कला/पत्रकारितामा रुचि भएको व्यक्ति हुने पर्ने साझाले जनाएको छ।

    ‘कम्तीमा २५ वर्ष पूरा भई ६० वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललितपुरमा निवेदन दिन सक्नेछन्’, साझाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ।