काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबारबाट प्रचारप्रसार सुरु भएको छ ।
सोमबारबाट उमेदवारले नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार सुरु भएको हो ।
उमेदवारले अब चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनको आचारसंहितामा प्रचारप्रसार गर्न रंगगरोगन गर्न नपाइनुका साथै कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ।
यस्तै, आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।