काठमाडौं– साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ।
बैंकहरुको ब्याजदर घट्ने आशामा बसेका आम लगानीकर्ताहरु निराश बन्दा शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकिङ्ग प्रणालीमा अराजकता देखिएसँगै केही दिनयता नेप्सेसहित बैकिङ्ग इन्डेक्समा उच्च गिरावट आएको छ।
नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ। त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन्।
सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स १.६६ प्रतिशत, बैकिङ्ग इन्डेक्स १.६१ प्रतिशत र माइक्रोफाइनान्स इन्डेक्स १.६२ प्रतिशतले घटेको छ।