काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै - Chaitanya News
  • 2026-05-17
  • 03:36:38
  • शनिबार,जेठ ०२, २०८३
  • काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै

    काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै

    काठमाडौ –  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने हुनुभएकाे छ।

    यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली साेमबार साँझ लण्डन जान लागेको हो ।

    टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेको मेयर साहकाे सचिवालयले जनाएकाे छ ।

    मेयर साहले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगाेललाई दिनुभएकाे छ ।