आजको मौसम : कोशी, बाग्मती र गण्डकीका पहाडी क्षेत्रमा वर्षा - Chaitanya News
  • 2026-05-17
  • 02:32:06
  • शनिबार,जेठ ०२, २०८३
  • आजको मौसम : कोशी, बाग्मती र गण्डकीका पहाडी क्षेत्रमा वर्षा

    आजको मौसम : कोशी, बाग्मती र गण्डकीका पहाडी क्षेत्रमा वर्षा

    काठमाडौं – अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ।

    देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

    उता राति भने देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

    देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।