सेयर बजार २६.८० अंकले घट्यो - Chaitanya News
  • 2026-05-01
  • 04:48:48
  • बिहिबार,बैशाख १७, २०८३
  • काठमाडौं– आइतबार सेयर बजार १.३४ प्रतिशतले घटेको छ। यस दिन नेप्से २६.८० प्रतिशतले घटेर १९७५.८९ को विन्दुमा पुगेको छ। गएको बिहीबार नेप्से ५० अंकले बढेको थियो।

    आइतबार २६० कम्पनीको एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँबराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ। बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ।

    सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ३७३.९० को विन्दुमा झरेको छ।

    यस दिन शुभम् हाइड्रोपावर लिमेटेडको सेयर मूल्य सार्वधिक ९.९८ प्रतिशतले बढेको छ। गुडविल फाइनान्स लिमिटेड डिभेन्चरको सेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ।