सिक्किममा भारी हिमपात: ९०० पर्यटक अलपत्र - Chaitanya News
  • 2026-05-17
  • 02:27:01
  • शनिबार,जेठ ०२, २०८३
  • सिक्किममा भारी हिमपात: ९०० पर्यटक अलपत्र

    सिक्किममा भारी हिमपात:   ९०० पर्यटक अलपत्र

    काठमाडौँ – पहाडी राज्य सिक्किममा शनिबार साँझ परेको भारी हिमपातका कारण सीमावर्ती क्षेत्र नाथुलाबाट फर्किएका सयभन्दा बढी सवारीसाधनमा रहेका करिब ९०० पर्यटक बाटोमै अलपत्र परेका छन्।

    राहत र उद्धारका लागि सेना परिचालन गर्नुपरेको छ । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको छ।

    एक प्रहरी अधिकारीले केही पर्यटकलाई सेनाका जवानहरूले राति राजधानी गान्तोक ल्याएको बताए।

    बाँकीले नजिकै रहेको आर्मी क्याम्पमा रात बिताउनुपरेको थियो। उनीहरुलाई बिहान राजधानी लैजाने तयारी भइरहेको छ।

    नाथुला र गान्तोक बीचको १५ माइल क्षेत्रमा ९०० पर्यटक फसेको सेना स्रोतले जनाएको छ।

    सीमा क्षेत्र नाथुला र यहाँको प्रख्यात चाँगु ताल हेरेर उनीहरु फर्किरहेका थिए। यो क्षेत्र गान्तोकबाट करिब ४२ किलोमिटर टाढा छ।

    सीमा सडक संगठन (बीआरओ) टोली बाटोमा जमेको हिउँ हटाउनमा व्यस्त छन्। केही पर्यटकलाई नजिकैको सैनिक क्यान्टोनमेन्टमा लगिएको र त्यहाँ उनीहरुको खाना र उपचारको व्यवस्था गरिएको छ ।

    भारी हिमपातका कारण सिक्किमको प्रशासनले केही दिनदेखि नाथुला र चाँगु तालमा पास जारी गर्न बन्द गरेको छ।