आज कतिमा हुँदैछ तरकारी र फलफूलको कारोबार? - Chaitanya News
  • 2026-05-01
  • 04:48:49
  • बिहिबार,बैशाख १७, २०८३
  • आज कतिमा हुँदैछ तरकारी र फलफूलको कारोबार?

    आज कतिमा हुँदैछ तरकारी र फलफूलको कारोबार?

    काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४५ रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १३० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।

    त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ छ भने चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    तितो करेला १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ । ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १०० रुपैयाँ केजी हुँदा हरियो धनियाँ ३० रुपैयाँमा पाइनेछ ।

    यसैगरी, ताजा छडी माछा प्रतिकेजी ३३० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।