घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु - Chaitanya News
  • 2026-05-17
  • 01:35:58
  • शनिबार,जेठ ०२, २०८३
  • घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    काठमाडौं- उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा शुक्रबार आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

    रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो ।

    माटो ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतिसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ ।

    बिजुली सर्ट भएर घर सल्किएको आगोले १० लाख रुपैयाँ बराबरको भौतिक क्षति गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।