‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै - Chaitanya News
  • 2026-05-17
  • 01:35:18
  • शनिबार,जेठ ०२, २०८३
  • ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ ।

    च्यासल मैदानमा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा ‘ए’ डिभिजनका नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् । पुलिस र संकटा दुवै पहिलो जितको खोजीमा हुनेछन् ।

    दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।एपीएफ दोस्रो जित र जावलाखेल लगातार तेस्रो जितको खोजीमा रहेका छन् ।

    यसैगरी, साँझ साढे ५ बजे साविक फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

    फ्रेन्ड्स पहिलो जित र सातदोबाटो लगातार तेस्रो जितको खोजीमा रहेका छन् ।

    तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।