उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने - Chaitanya News
  • 2026-05-19
  • 00:50:05
  • सोमबार,जेठ ०४, २०८३
  • उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने

    उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नपाउने

    काठमाडौं- निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

    आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ।

    उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ। निर्वाचन चैत ३ गते हुनेछ।