माओवादी घटक दलहरुले संघर्षका कार्यक्रम थाल्ने - Chaitanya News
  • 2026-05-19
  • 00:50:17
  • सोमबार,जेठ ०४, २०८३
  • माओवादी घटक दलहरुले संघर्षका कार्यक्रम थाल्ने

    माओवादी घटक दलहरुले संघर्षका कार्यक्रम थाल्ने

    काठमाडौं- माओवादी घटकहरूको संयुक्त बैठकले शान्ति प्रक्रियाबिरुद्ध षड्यन्त्र भइरहेको भन्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले शान्ति प्रक्रियाबिरुद्ध षड्यन्त्र भइरहेको निष्कर्षसमेत निकालेको छ।

    बैठकले फागुन २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते अन्तरक्रिया गर्ने निर्णय गरेको हो। त्यस्तै दलहरुले संयुक्त अपिल जारी गर्ने र संघर्षका कार्यक्रमहरु गर्ने बताइएको छ।

    द्वन्द्वकालीन विषयलाई लिएर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न भन्दै सर्वोच्चमा मुद्धा हालिएपछि माओवादी घटक दलहरु एक ठाउँमा उभिएका छन्।

    बैठकमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी भएका थिए।