राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-07-09
  • 05:33:43
  • बुधबार,आषाढ २४, २०८३
  • राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

    राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

    बिहीबार हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

    राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज पनि उठिरहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित बहुसंख्यक नेता राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई मत दिनुपर्ने पक्षमा रहेको बुझिएको छ ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।