काठमाडौं– मंगलबार सेयर बजारमा १४.४१ अंकको वृद्धि भएको छ । १४.४१ अंकले बढेको सेयर बजार १९५२.६६ बिन्दुमा उक्लिएको छ। यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो।
मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए। सबैभन्दा धेरै जलविद्युत (१.६७ प्रतिशत)का लगानीकर्ताले कमाए।
मंगलबार शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोको सकारात्मक सर्किट लेबलमा कारोबार भयो। सिद्धार्थ इन्भेष्टमेन्ट, इमर्जिङ नेपाल, स्वाभिमान लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले बढ्यो।
सीवाईसी नेपाल लघुवित्त, नविल इक्विटी फण्ड, समिट लघुवित्त, कुमारी धनवृद्धि योजनासहितका धितोपत्रको मूल्य भने धेरैले घटेको छ। साल्ट ड्रेडिङ, हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त, शिवम सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ।