पोखरा– रंगहरुको पर्व होलीमा विदेशी पर्यटकहरु पनि रमाएका छन्। होलीको अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन ९रेबान०ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विदेशी पर्यटकहरु पनि रमाएका हुन्।
पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए। लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो।