चलान भएका पृथ्वी शाह र उनको समूहमाथि चारवटा मुद्दा लगाउने सिआइवीको तयारी - Chaitanya News
  • 2026-10-29
  • 17:50:53
  • बिहिबार,कार्तिक १३, २०८३
  • चलान भएका पृथ्वी शाह र उनको समूहमाथि चारवटा मुद्दा लगाउने सिआइवीको तयारी

    चलान भएका पृथ्वी शाह र उनको समूहमाथि चारवटा मुद्दा लगाउने सिआइवीको तयारी

    काठमाडौँ– ठगीको आरोपमा जेल चलान भएका पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका १९ जना व्यक्तिविरुद्ध चारवटा मुद्दा चलाउनुपर्ने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो -सिआईवी_ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शाह, उनका भाई विजयविक्रम शाहसहितका समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखत सम्बन्धि कसूर, सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दा चलाउनुपर्ने अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको हो। अमेरिकी नागरिकहरु ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदुतावासलेनै जानकारी गराएपछि पृथ्वीबहादुर शाह सहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

    अनुसन्धानमा उनीहरुले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गा लगायतको कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईवीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। सो घटनामा संलग्न पृथ्वीसहित ७ जना पक्राउ परेका छन् भने अन्य १३ जना फरार रहेका छन्। घटनामा संलग्न सबैलाई पीडितलाई क्षतिपूर्ति दिलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था गरेको पनि प्रवक्ता थापाले बताए। उनले उनीहरुमाथि सहकारी ऐन अनुसार छुट्टै दण्डसजायको व्यवस्था पनि हुन सक्ने कानुनी व्यवस्था गरेको बताए।

    उनीहरुले ठगीबाट आर्जित रकम ३८ करोड, ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको खुल्न आएको छ। उनीहरुविरुद्ध हालसम्म २४ जना पीडितले नेपालस्थित अमेरिकी दूतावासमार्फत् उजुरी दिएका छन्। केही क्यानाडियन र बेलायती नागरिकहरु पनि उनीहरुबाट पीडित भएको खुल्न आएको र अनुसन्धानको कामलाई सुरु गरिएको पनि प्रहरीले जनाएको छ। उनीहरुले अमेरिकी नागरिकसँग अमेजनको विल भुक्तानी, एन्टी भाइरस अपडेटलगायतका विभिन्न निहुँमा सो रकम ठगी गर्ने गरेका थिए। ठगीमा पर्नेहरुमा प्रायः बृद्धबृद्धा रहेको पनि प्रवक्ता थापाले बताए।

    शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकममध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरिदिएको पनि सिआईवीको अनुसन्धानमा उल्लेख गरिएको छ।