सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्देशन - Chaitanya News
  • 2026-10-29
  • 10:25:29
  • बिहिबार,कार्तिक १३, २०८३
  • सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्देशन

    सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्देशन

    काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ। सोमबार बसेको​ बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई नेटवर्किङ र साइबर सुरक्षामा प्राविधिकको निगरानीसहित डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको हो।

    मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डेटा सेन्टर र हेटौंडामा रहेको डिजाष्टर रिकभरी सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौबिसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने।’

    यसका साथै मन्त्रिपरिषद्ले नेपाल सरकारका सबै निकायका तथ्याङ्क एवम् सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डेटा सेन्टरमा राखी व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ।