चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार - Chaitanya News
  • 2026-10-29
  • 10:25:24
  • बिहिबार,कार्तिक १३, २०८३
  • चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार

    चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार

    काठमाडौँ– तालिबान प्रशासित अफगानिस्तान र चीनबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको पाइएको छ। वर्ष सन् २०२३ को सुरुदेखि हालसम्म पाकिस्तानपछि चीन अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार बनेको हो।

    चिनियाँ भन्सार निकायलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार अफगानिस्तानले चीनतर्फ ९० लाख अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ भने चीनबाट अफगानिस्तानतर्फ झण्डै ५ करोड अमेरिकी डलर बराबरको वस्तु आयात भएको छ।

    गत वर्ष पाकिस्तानपछि भारत अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको थियो।