काठमाडौं–आज सेयर बजार ३.८१ अंकले घटेर दुई हजार १९ दशमलव ७३ विन्दुमा बन्द भएको छ।
त्यस्तै, आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ। १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४५ रुपैयाँ पुगेको छ। यसका साथै आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५१२.५० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेर प्रतिकित्ता ११३१.९० रुपैयाँ पुगेको छ।
आज प्रिमियर इन्स्योरेन्स, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड, सामलिङ पावर र तारागाउँ रिजेन्सीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ। यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको भएको छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ।