अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड - Chaitanya News
  • 2026-05-26
  • 15:33:58
  • मंगलबार,जेठ १२, २०८३
  • अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

    अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

    काठमाडौँ– अभिनेत्री ऋचा शर्माले छोटा चलचित्र ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भएकी छन। उनले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जितेकी हुन। अवार्डको घोषणा भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुने जनाइएको छ। शर्माले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताइन।

    उनले साउदी अरबमा अपराध कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका अभिनय गरेकी छन। चलचित्र अशोक तिमल्सिनाले श्रीमान्को भूमिकामा अभिनय गर्नुभएको छ भने उनले नै लेखन तथा निर्देशन पनि गरेकी हुन। साउदीमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ब्लड मनी भनेर चिनिन्छ। त्यही रकम जुटाउन मुख्य पात्रको चरित्रले गर्ने सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गरिएको छ।