काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ। दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा हिजो आइतवारभन्दा तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा रोकिएको छ।
आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ। होटल र पर्यटन, व्यापार र अन्य समूहको शेयर भने दोहोरो अङ्कले बढेको छ। आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ।
आज राप्ति हाइड्रो पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटे पनि स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ।