शेयर बजार ५५ अङ्कले बढ्यो - Chaitanya News
  • 2026-06-16
  • 14:20:44
  • मंगलबार,आषाढ ०२, २०८३
  • काठमाडौं– शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ। आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो। यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अङ्कले बढेको छ। आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अङ्कले घटेको छ।

    आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ। आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ।