सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा - Chaitanya News
  • 2026-05-01
  • 03:28:42
  • बिहिबार,बैशाख १७, २०८३
  • सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

    सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी शकुल्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो।

    उक्त संस्थापक शेयर बिक्रीको लागी विद्यमान संस्थापक शेयरधनीलाई पहिला नै ३५ दिन सूचना प्रकाशित गरिसकेको भएकाले अव सूचना प्रकाशित मितिले ७ दिन भित्र कार्यालय समयमा आवश्यक कागजात संलग्न गरी केन्द्रिय कार्यालय हात्तिसार काठमाडौमा आवेदन दिन सक्नेछन्।

    त्यस्तै, कम्पनीका संस्थापक शेयरधनी आत्मा कृष्ण श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता शेयर पनि लिलामीमा ल्याएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिन सक्नेछन्।