लोकसेवा उपयोगी सामग्री [५०] - Chaitanya News
  • 2026-05-09
  • 20:02:04
  • शनिबार,बैशाख २६, २०८३
  • १. नेपालको इतिहासमा कुन दिनलाई कालो दिन मान्ने गरिन्छ?

    A) वि.सं. २०१७ पुष १२ B) वि.सं. २०१७ पुष ११ C) वि.सं. २०१७ पुष २१ D) वि.सं. २०१७ पुष १

    २. नेपालमा चिया खेतीको सुरुवात कहिलेदेखि भएको हो ?

    A) वि.सं. १९१० B) वि.सं. १९२० C) वि.सं. १९२२ D) वि.सं. १९२१

    ३. अक्षय तृतीया कहिले पर्छ?

    A) वैशाख शुक्ल तृतीया B) जेष्ठ शुक्ल तृतीया C) भाद्र शुक्ल तृतीया D) कार्तिक शुक्ल तृतीया

    ४. तल दिइएका कथनहरुमा नमिल्ने कथन कुन हो?

    A) नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग विराटनगर जुट मिल हो।
    B) नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हेटौडा औद्योगिक क्षेत्र हो।
    C) सबैभन्दा पछिल्लो औधोगिक क्षेत्र राजविराज औधोगिक क्षेत्र हो।
    D) सबैभन्दा सानो औद्योगिक क्षेत्र धनकुटा औद्योगिक क्षेत्र हो।

    A) A र D मात्र ठिक B) B र C मात्र ठिक C) D मात्र ठिक D) सबै सही

    ५. नेपालमा निजी वन कार्यक्रम कहिलेदेखि लागू भएको हो?

    A) वि.सं. २०१३ B) वि.सं. २०१२ C) वि.सं. २०१० D) वि.सं. २०१५

    ६. प्राकृतिक वातावरणको साथै वन्यजन्तु, पंक्षी, वनस्पति र भू-दृश्यको संरक्षण, व्यवस्थापन र उपयोगिताको लागि छुट्याइयको वनक्षेत्रलाई के भनिन्छ?

    A) संरक्षण क्षेत्र B) मध्यवर्ति क्षेत्र C) शिकार आरक्ष D) राष्ट्रिय निकुञ्ज

    ७. निवारक नजरबन्द विरुद्धको हकको विशेषता तलका मध्ये कुन हो?

    A) यो नजरबन्द मात्र हो, काराबास होइन।
    B) व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण गरिन्छ।
    C) यसको उदेश्य दण्डात्मक नभई निरोधात्मक हुन्छ।
    D) नजरबन्दको अवस्थामा बन्दी बनाइएको व्यक्तिलाई कुनै कानुनको आधारमा मुद्दा चलाईदैन र कुनै अदालतमा उपस्थित गराइँदैन।

    A) A र C ठिक, B र D बेठिक B) A र B ठिक C र D बेठिक C) माथिका सबै बेठिक D) माथिका सबै ठिक

    ८) नेपालमा कसको सहमतिको आधारमा प्रधानमन्त्रिको नियुक्ति हुन्छ?

    A) जनताको आधारमा B) सभासदहरुको सहमतिको आधारमा C) राजनैतिक सहमतिको आधारमा D) निर्वाचनको बहुमतको आधारमा

    ९) संयुक्त राष्ट्रसंघको महासभामा कति जना उपाध्यक्ष हुन्छन्?

    A) ५ B) १५ C) १९ D) २१

    १०) न्युटनले चालसम्बन्धी प्रतिपादन गरेका नियम कति थिए?

    A) १ B) २ C) ३ D) ४

    ११) भूगोलका पिता भनेर कसलाई चिनिन्छ?

    A) इरेटस्थनिज B) आइनस्टाइन C) न्यूटन D) चाल्र्स डार्बिन

    १२) जनमत संग्रहसम्बन्धी व्यवस्था संविधानको कति धारामा गरिएको छ?

    A) धारा २७४ B) धारा २७६ C) धारा २७५ D) धारा २७७

    १३) सार्कका प्रमुख अङ्गहरु तलका मध्ये कुन कुन हुन्?

    A) राष्ट्रध्यक्ष तथा सरकारको प्रमुखको बैठक B) मन्त्रीपरिषद् C) स्थायी समिति D) प्राविधिक समिति E) सचिवालय

    A) A र C मात्र B) A, C र D मात्र C) A र E मात्र D) माथिका सबै

    १४) निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) कहिलेदेखि शुरु हुने भएको हो?

    A) वि.सं. २०७८ फागुन ५ B) वि.सं. २०७८ फागुन ६ C) वि.सं. २०७८ फागुन ७ D) वि.सं. २०७८ फागुन १०

    १५) राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा कम जनसंख्या भएका जिल्लाहरु क्रमशः कुन कुन हुन्?

    A) मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला B) मनाङ, मुस्ताङ, रुकुम पूर्व, रसुवा र डोल्पा C) मुस्ताङ, मनाङ, पर्वत, रसुवा र दोलखा D) मनाङ, मुस्ताङ, भक्तपुर, रसुवा र डोल्पा