राष्ट्रिय बीमा संस्थानले गर्‍यो १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान - Chaitanya News
  • 2026-05-01
  • 02:36:35
  • बिहिबार,बैशाख १७, २०८३
  • राष्ट्रिय बीमा संस्थानले गर्‍यो १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान

    राष्ट्रिय बीमा संस्थानले गर्‍यो १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान

    काठमाडौं– राष्ट्रिय बीमा संस्थानले आज ५६ औँ बार्षिक उत्सबको अबसरमा १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको हो।

    संस्थानले केन्द्रिय स्तरका अभिकर्तालाई सम्मान गरेर हौसला प्रदान गरेको छ। संस्थानले हरि बीमा अभिकर्ता शरण शिवाकोटी, मन कुमार निरौला (रेग्मी), राजन रिमाल, शान्ति महर्जन, नारायण गिरी, गजेन्द्र ठाकुर, बिरेन्द्र बहादुर शंकर, धर्मराज जोशी, बद्री प्रसाद उप्रेती र कान्छा थापा क्षेत्री गरि १० जना अभिकर्तालाई समान गरेको हो।

    संस्थानले प्रत्यक वर्षमा आफ्ना उत्कृष्ट बीमा अभिकर्ता, कर्मचारी लगायत देशका विभिन्न स्थानमा रहेको शाखा कार्यालयलाई सम्मान गर्ने गरेको छ।