ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो - Chaitanya News
  • 2026-09-28
  • 06:17:52
  • सोमबार,आश्विन १२, २०८३
  • ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

    ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

    जकपुरधाम– सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ।

    बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिए।

    मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ।

    लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।