निफको सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित - Chaitanya News
  • 2026-05-24
  • 20:37:32
  • आइतबार,जेठ १०, २०८३
  • निफको सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित

    निफको सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित

    काठमाडौं– अभिनेत्री नम्रता श्रेष्ठ (निफ) को सल्लाहकारमा मनोनित भएकी छन्। निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ।

    महोत्सवको क्रममा एक दर्जन रचनात्मक कार्यक्रम आयोजना हुने र ती सबै समारोहमा सल्लाहकारको रुपमा श्रेष्ठको सक्रियता हुने जनाइएको छ।

    २०६५ सालमा रिलिज भएको ‘सानो संसार’बाट अभिनय करिअर थालेकी श्रेष्ठको पछिल्लो फिल्म ‘जाइरा’ हो। अभिनयमा विविधिता चित्रण गर्ने अभिनेत्रीको रुपमा उनलाई स्मरण गरिन्छ।

    चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ। निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन् भने सदस्यहरुमा अभिनेता सुनिल थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार छन्।